अवैध रूपमा अमेरिका छिरेका ८ नेपाली डिपोर्ट
काठमाडाैं | फागुन ११, २०८०
काठमाडौं: अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।
तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए।
८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो।
नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ।
यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।
उनीहरू के कति रूपैयाँ खर्च गरेर त्यहाँ पुगेका हुन् खुल्न बाँकी रहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

